रहेनन् पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ

३१ साउन । पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार राति ३ बजे निधन भएको छ ।

उहाँ ७३ वर्षको हुनुहुन्थ्यो । फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठलाई लामो समयसम्म भारतको मेदान्त हस्पिटलमा उपचार गराई मङ्गलबार राति काठमाडौं ल्याइएको थियो ।

विसं. १९९७ मा सल्यानको खलंगा बजारमा जन्मनुभएका श्रेष्ठ २०१७ सालदेखि नै नेपाली राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०३० सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष र २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...