कच्चापदार्थ आयात अनुमति पत्र नविकरण गर्न माग

२९ साउन । नेपाल औषधी लिमिटेड कम्पनीका कर्मचारीहरूले कच्चापदार्थ आयात अनुमतिपत्र नविकरण गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंमा सोमबार कार्यक्रम गरी कम्पनीका कर्मचारीहरूले उत्पादनमा असर परेको भन्दै कच्चा पदार्थ आयात अनुमतिपत्र नविकरण गर्न सरकारसँग माग गरेका हुन् ।

राजनीतिक हस्तक्षेप र सरकारी नियमका कारण कम्पनी घाटामा गएको भन्दै उनीहरूले सरकारको कदमले उत्पादन नै रोकिन गएको बताए । कम्पनी सञ्चालनका लागि माग गर्दा सरकारबाट आवश्यक रकम उपलब्ध नभएकाले औषधी उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड अपनाउन नसकेको उनीहरूको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...