२३ साउन । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल साम्बोका खेलाडीलाई नेपाल साम्बो संघले सम्मान गरेको छ ।
गत जेठमा उज्वेकिस्तानमा भएको वल्र्ड एशियन साम्बो च्याम्पियनशिपमा कास्य र रजत पदक जित्न सफल रन्जु राईलाई संघले नगद सहित सम्मान गरेको हो । कार्यक्रममा सोही प्रतियोगितामा कास्य पदक बिजेता गोपाल पुन मगर पनि नगदसहित सम्मानित भएका छन् ।
यस्तै, कार्यक्रममा रसियाको कजानमा भएको २० औ समर युनिर्भासियाडमा सहभागी साम्बो खेलाडी खेमबहादुर थापा पनि सम्मानित भए । कार्यक्रममा दोस्रो राष्ट्रिय साम्बो प्रतियोगितामा स्वर्ण जित्न सफल पुष्पा भण्डारीलाई समेत संघले नगद सम्मान गर्यो । सम्मानित खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment