धरान र मोरङमा भएको युवा संघको भेला अवैधानिक होइनः नेपाल

३ भदौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले धरान र मोरङमा सम्पन्न युवा संघ नेपालको भेला अवैधानिक भएको टिप्पणी गर्नु भएको छ ।

प्रेस चौतारी कास्कीले सोमबार पोखरामा गरेको पत्रकार भेटघाटमा नेता नेपालले पार्टी अध्यक्षको निर्देशनविपरीत भेला गरेको भन्दै भेलाका निर्णयलाई मान्यता दिन नसकिने बताउनुभएको हो ।

पार्टी अध्यक्षले पत्र लेखेर बैठक रोक्न निर्देशन दिएपछि पनि पार्टी महासचिव नै भेलामा सहभागी भएर अध्यक्षको निर्देशनलाई बेवास्ता गरेको नेता नेपालले बताउनु भयो ।

नेता नेपालले चार दलले नेकपा माओवादीलाई बेवास्ता गर्दै आएको स्वीकार गर्दै चौथो दलका रुपमा नेकपा माओवादीलाई लिनुपर्ने बताउनुभयो । उहाँले नेकपा–माओवादीका मागलाई पुरै बेवास्ता गरेर अघि बढ््न नसकिने स्विकार्नु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...