कृष्ण ओली
२३ साउन । शैक्षिक सत्र सुरु भएको चारमहिनासम्म पाठ्य पुस्तक नपाएपछि बाजुरा जिल्लाको बाह्रविसस्थित त्रिशक्ती उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुले मंगलबार विद्यालयमा ताला बन्दी गरेका छन् ।
विद्यार्थीहरुले मंगलबार दिनभर पठन पाठन कार्य ठप्प गरी प्रशासन कक्षामा तालाबन्दी गरेको शिक्षक डम्मर उपाध्यायले बताउनुभयो ।
एक हप्ता भित्र पाठ्य पुस्तक उपलब्ध गराउनु पर्ने, गणित र विज्ञान विषयका लागि शिक्षक महोन महतोको ठाउँमा अर्को शिक्षक नियुक्त गर्नु पर्नेलगायतका माग विद्यार्थीहरुका छन् । पाठ्य पुस्तक र शिक्षक नियुक्तीका विषयमा पटक–पटक विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनसँग माग गर्दा बेवास्ता गरेकोले अन्ततः ताला बन्दी गरेको विद्यार्थी योगेन्द्र बानीयाँले बताए ।
शिक्षकको लापरवाहि र बर्षेनी हुने पाठ्य पुस्तक अभावले यो वर्षको एसएलसी परीक्षको नतीजा पनि नराम्रो भएको हो । अब त्यसो हुन नदिन समयमै सचेत गराएको विद्यार्थी अरुण थापाले भने । विद्यार्थीहरुले माग पुरा नभएसम्म ताला बन्दी जारी राख्ने विद्यार्थीहरुले बताएका छन् । महतो कक्षा ९ र १० मा अनिवार्य गणित, विज्ञान र ऐच्छीक गणित विषयका शिक्षक हुन् ।
विद्यालयमा अध्यायनरत ६ सय बढी विद्यार्थी मध्ये ८० प्रतिशत भन्दा बढीले पाठ्य पुस्तक पाएका छैनन् । शिक्षक महोन वर्षनी घर विदामा गएर महिनौ बसेर आउने गरेको छन् अनि विद्यार्थी कसरी राम्रो अंक ल्याएर उत्तीर्ण गर्छन अभिभावक रामबहादुर बानीयाँले बताउनुभयो । विद्यार्थीहरु पाठ्यपुस्तक विना विद्यालय जाने गरेका छन् । पाठ्य पुस्तक नहुँदा विद्यार्थी र शिक्षक दुबैलाई समस्या हुने गरेको शिक्षकहरुको गुनासो छ ।
पाठ्य पुस्तक खरिदको जिम्मा स्थानीय पुस्तक विक्रेता हिरेन्द्र बानीयाँले लिएका भएपनि समयमै उपलब्ध नगराएको विद्यालयले बताएको छ । पुस्तक विक्रेताले भने आफुले साझा प्रकाशनको पुस्तक नपाएकोले निजि कम्पनीहरुले प्रकाशनमा ल्याएको किताब ल्याएको र त्यो विद्यालयले लिन नमानेपछि समस्या भएको बताएका छन् ।
पाठ्य पुस्तक नहुँदा कोहि विद्यार्थीहरुले पुराना किताब लिएर विद्यालय जाने गरेका छन् भने केहिले त नभएर रित्तो हाल विद्यालय जाने आउने मात्र काम गरेका छन् ।
यता शिक्षक महतोलाई गएको शैक्षिक सत्रको तीन महिनासम्म विद्यालयमा नआई हाजिरै नगरेर शिक्षा कार्यालयले तलब दिएको विद्यालयको आरोप छ । शिक्षक महतोले भने श्रीमतिको उपचारका लागि काठमाडौं बस्नु पर्ने भएकोले गएको वर्ष एक महिना मात्र विद्यालयमा नआएको दाबी गरेका छन् । उनले गएको असार २१ गतेपछि विद्यालय विदा भइसकेपछि मात्र घरमा आएकोले विना कारण आरोप लगाइएको बताए ।
शिक्षक महतोका विषयमा बारम्बार विद्यालयमा विवाद भइरहने गरेको छ । उनी नेपाल शिक्षक संगठन बाजुराका पूर्व अध्यक्ष समेत हुन् । अधिकांश विद्यालयमा कार्यरत बाजुरा भन्दा अन्य जिल्ला घर भएका शिक्षकहरुले वर्षको दुई देखि तीन महिनासम्म विद्यालय नआई घरमै विताउने गरेका छन् । जसका कारण जिल्लाको शैक्षिक गुणस्तर खस्किँदै गएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

Home
Social News
शैक्षिक–सत्र शुरु भएको चार महिना वितिसक्दा पनि विद्यार्थीले पुस्तक पाएनन्, विद्यार्थीहरु आन्दोलित
शैक्षिक–सत्र शुरु भएको चार महिना वितिसक्दा पनि विद्यार्थीले पुस्तक पाएनन्, विद्यार्थीहरु आन्दोलित
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment