प्रहरीकै मिलेमतोमा गिट्टी बालुवाको तस्करी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीकै मिलेमतोमा गिट्टी बालुवाको तस्करी

Share This
२० साउन । प्रहरीकै मिलोमतोमा कपिलवस्तुको विजुवा गाविसबाट अवैध रूपमा गिट्टी बालुवा भारततर्फ तस्करी हुने स्थानीयवासीले गुनासो गरेका छन् ।
बिजुवा गाविस– ५ को हरिवंशापुर र ८ को सानो नन्दनगर नाकाबाट गिट्टी बालुवा अवैध भारत निकासी हुने गरेको खुलासा भएको हो । यो नाकाबाट ६ महिनादेखि प्रहरीकै संलग्नतामा नदीजन्य पदार्थ भारत निकासी भइरहेको स्थानीयवासीले जनाएका छन् ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न बसेको प्रहरी नै तस्करीमा संलग्न भएपछि स्थानीयवासी प्रहरीको क्रियाकलापप्रति आक्रोशित बनेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here