पहिचानविनाको संघीयताको कुनै अर्थ छैनः डा. भट्टराई

३० साउन । एकिकृत माओवादीका नेता डाक्टर बाबुराम भट्राईले पहिचानविनाको संघीयताको कुनै अर्थ नहुने बताउनुभएको छ ।

पहिचानसहितको संघीयता दिन काग्रेस एमाले तयार नभएकै कारण अघिल्लो संविधानसभा विघटन भएको भन्दै भट्टराइले पहिचानसहितको संघीयता आवश्यक भएको बताउनुभयो । सुनसरीमा भएको पत्रकार सम्मेलनमा भट्टराइले जाति र भाषाका आधारमा भएपनि संघीय राज्य निर्माण गर्न सकिने बताउनुभयो ।

नेता भट्टराईले अन्धजातिवाद र अति जातिवादका आधारमा संघको विभाजन गर्न नहुने धारणा राख्नुभयो । उहाँले खसक्षेत्रीहरुले खस संस्कृति र भाषालाई मात्र राष्ट्रिय भाषा मान्ने अन्धजातिवाद र अन्य जातिहरुले अधिकार प्राप्तिको नाममा अतिजातिवाद रोजेको भन्दै यी दुवै देशका लागि खतरा रहेको टिप्पणी गर्नुभयो । त्यस्तै एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले नेकपा–माओवादीले चुनावमा सहभागी हुने प्रतिबद्धता जनाए चारदलीय संयन्त्र भंग गर्न सकिने बताउनु भएको छ ।

राष्ट्रिय स्वाधिनताको रक्षा गर्न संविधानसभा निर्वाचन आवश्यक रहेकोे भन्दै श्रेष्ठले चुनाव नभए प्रतिगमनलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले चुनाव नभए पुनः द्वन्द्व निम्तने खतरा रहेकोले चुनाव गर्नुको विकल्प नभएको बताउनुभायो ।
काभ्रेको पनौतीमा पार्टीले गरेको जनसम्वन्ध अभियानमा श्रेष्ठले नेकपा माओवादीलाई जनमतमार्फत जनताको मन जित्न आग्रह समेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...