भारतको विहारमा भएको रेल दुर्घटनामा ३७ जनाको ज्यान गयो

३ भदौ । भारत विहारमा रेल दुर्घटना हुँदा कम्तिमा ३७ जनाको ज्यान गएको छ ।
रेलमा धेरैजसो तीर्थयात्री रहेको जनाइएको छ । विहारको सहरसा र मानसी क्षेत्रमा रहेको दुर्गम धमहारा घाट स्टेशनमा सो रेल दुर्घटना भएको हो ।

धमहारा घाट स्टेशन नजिक रहेको कात्यायनी मन्दिरमा प्रत्येक सोमबर ठूलो मेला लाग्ने गर्दछ । घटनापछि आक्रोशित तीर्थयात्रुले रेलका चालक र गार्डलाई पिटेका छन् भने रेलको एउटा डिब्बामा आगो लगाइदिएका छन् । उनीहरुले रेलका केही कर्मचारीलाई बन्धक बनाएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रत्यक्षदर्शीले रेलमा लागेको आगोका कारण धेरै मानिसको मृत्यु भएको बताएका छन् । रेल राज्यमन्त्री अधीर रञ्जनले दुर्घटनाग्रस्त रेलको गति ८० किलोमिटर प्रतिघण्टा रहेको जानकारी दिएका बीबीसीले जनाएको छ ।

भारतमा दैनिक ९ हजार यात्रुवाहक रेलले १ करोड ८० लाख यात्रुलाई सेवा पु¥याउदै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...