२५ साउन । लागुऔषध नियन्त्रणका लागि राज्यपक्षबाट दिर्घकालिन नीति बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपालगन्जमा भएको पत्रकार सम्मेलनमा बोल्दै सरोकारवालाहरुले लागुऔषधको नियन्त्रणको बाधक राज्य नै बनेको आरोप लगाए । नार्कोनन नेपालको आयोजनामा लागुऔषध (ड्रग्स) को नियन्त्रण तथा उपचार सम्बन्धमा कार्यक्रमको आयोजना गरिएको हो ।
नार्कोननका संयोजक बसन्तराज कुंवरका अनुसार समाजमा भईराखेका विभिन्न प्रकारको अपराधिक गतिविधिको प्रमुख कारकतत्व रक्सी भनेको बताउँदै यसको जडलाई निर्मुल पार्न घरघरमा चेतना फैलाउनु पर्ने बताउनुभयो ।
उहाँले नार्कोनन नेपालको माध्यमबाट नेपालको विभिन्न जिल्लामा लागुऔषध नियन्त्रण गर्न विभिन्न कार्यक्रम गर्दै सचेतना फैलाईरहेको बेला स्यंम प्रहरीले नै रोक लगाएको बताए ।
समाजमा ब्याप्त रुपमा फैलिरहेको लागुऔषध ड्रग्सलाई रोक्न प्रत्येक मानिस सचेत हुनु पर्ने बताउदै समाजमा घटेका ८० प्रतिशत घटना ड्रग्सले गर्दा भएको कुवंरको भनाइ छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

लागुऔषध नियन्त्रणका लागि राज्यले दीर्घकालीन नीति बनाउँनुपर्छ
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment