इजिप्टमा पछिल्लो झडपमा मृत्यु हुनेको संख्या ९५ पुग्यो (अपडेट)

१ भदौ । इजिप्टमा सरकारी सेना र विपक्षी प्रदर्शनकारीबीचको पछिल्लो झडपमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

राजधानी कायरो र दोश्रो ठुलो शहर अलेक्जेन्ड्रियामा मुर्सी समर्थकको ¥यालीमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि भएको झडपमा ९५ जनाको ज्यान गएको हो । यसअघि, बिहिबार सेनाको शसस्त्र हस्तक्षेपमा गोली लागी ७ सय भन्दा बढिको मृत्यु भएपछि इजिप्टमा मुर्सीको दल मुस्लिम ब्रदरहुडले शुक्रबार आक्रोस ¥याली निकालेको थियो । प्रदर्शनकारीले कायरोका बिभिन्न सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

सुरक्षा व्यवस्था कायम गर्न भन्दै सेनाले शसस्त्र कारबाही गर्ने चेतावनी दिइरहँदा मुस्लीम ब्रदरहुडले यो साताभर बिरोध प्रदर्शनका कार्यक्रमहरु घोषणा गरेको छ । इजिप्टका कायरो लगायतका बिभिन्न शहरमा ट्याङक र बन्दोबस्ती सामान सहितका सेना परिचालन गरिएको छ । सुरक्षा अधिकारीहरुले हजार भन्दा बढी मुर्सी समर्थकलाई घेराउ गरेको जनाइएको छ ।

इजिप्टमा गत जुलाईमा सेनाबाट अपदस्त राष्ट्रपति महम्मद मुर्सीको पुर्न बहालीको माग गर्दै समर्थकले बिरोध प्रदर्शन गर्दै आएका छन् । मुर्सी बर्खास्त भए यता, इजिप्टमा फैलिएको हिंंसामा १ हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...