चुनाव सार्ने र सरकार फेर्ने बाहेकका सबै बिषयमा वार्ता गर्न तयार छौं: खनाल

३ भदौ । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मंसिर चारगतेको चुनाव सुनिश्चित गर्न असन्तुष्ट दलहरुसँग भदौ मसान्तसम्म वार्ता र छलफल गर्न सकिने बताउनु भएको छ ।

आफ्नै निवास डल्लुमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष खनालले असन्तुष्ट दलहरुसंग चुनावको मिति र सरकार परिवर्तन बाहेक सबै विषयमा छलफल गर्न आफूहरु र सरकार तयार रहेकाले हठ त्यागेर चुनावमा भाग लिन असन्तुष्ट दललाई आग्रह गर्नुभयो । अध्यक्ष खनालले उच्चस्तरीय राजनीतिक समितिमा चुनाव सार्ने विषयमा कुनै सहमति नभएको भन्दै चुनावको विकल्प नखोज्न सबै दललाई आग्रह गर्नुभयो ।

अध्यक्ष खनालले भ्रातृ संगठन युवा संघ भित्र गुण्डागर्दी, अराजकता र गुटबन्दी मौलाएको भन्दै पार्टीको सिद्धान्त र निर्देशन नमान्ने जोसुकैलाई पनि कारबाही गर्ने बताउनुभयो । अध्यक्ष खनालले युवासंघ भित्रको विवाद तत्काल अन्त्य गरी पार्टी एक ढिक्का भई चुनावमा होमिने दाबी गर्नुभयो । विचलन र भड्काउ प्रवृत्तितर्फ नलाग्न सबै नेता तथा कार्यकर्तालाई अध्यक्ष खनालले निर्देशन समेत दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...