१४ भदौ । युएफा सुपर कप फुटबल प्रतियोगितामा शुक्रबार राति जर्मन क्लव बायर्न म्युनिखले इंग्लिस फुटबल क्लव चेल्सीको सामना गर्दैछ । चेक गणतन्त्रमा हुने खेल नेपाली समय अनुसार राति साढें १२ बजे सुरु हुनेछ ।
युएफा सुपर कप फुटबल प्रतियोगिता, गत सिजनको युएफा च्याम्पियन्स लिग विजेता र युएफा युरोपा लिग विजेताबीच खेलिन्छ । बायर्न म्युनिख गत सिजनको च्याम्पियनस लिग विजेता हो भने चेल्सी गत सिजनको युरोपा लिग विजेता ।
यसैबीच गएराति फ्रान्सको मोनाकोमा युरोपियन क्लव फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक गरिएको छ । ९ पटकको च्याम्पियन्स लिग विजेता स्पेनिस क्लव रियाल मड्रिड रहेको समूह ‘बी’मा टर्कीस क्लव गलाटाशराय, डेनिस क्लव एफसी कोपनहेगन र इटालीयन जाईन्ट युभेन्टस रहेका छन् ।
समूह ‘एच’मा रहेको स्पेनिस क्लव बार्सिलोनाको समूहमा इटालीयन क्लव एसी मिलान, स्कटिस क्लव सेल्टी र डच क्लव आयाक्स रहेका छन् ।
त्यसैगरी, समूह ‘ए’मा रहेको इंग्लिस क्लव म्यनचेष्टर युनाईटेडको समूहमा जर्मन क्लव बायर लिभरक्युजन, स्पेनिस क्लव रियाल सोसिडाड र युक्रेनियन क्लव शख्तर डोनेट्स रहेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment