२० साउन । इङ्गल्याण्डमा जारी एसेस टेष्ट श्रृंखलाको तेस्रो टेष्टमा अष्टे«लियाबिरुद्ध इङ्गल्याण्ड २ सय ३३ रनले पछि परेको छ ।
म्यानचेष्टरमा तेस्रो दिनको समाप्तीसम्म घरेलु टोली इङ्गल्याण्डले पहिलो इनिङ्गमा ७ विकेटको नोक्सानीमा २ सय ९४ रन जोडेको छ । इङ्गलिस इनिङ्गमा केभिन पिटरसेनले १ सय १३ रन बनाउँदा एलेष्टर कुकले ६२ जोडेका छन् । भ्रमणकारी टोली अष्टे«लियाका मिचेल स्टार्चले ३ तथा रायन ह्यारिस र पिटर सिडलले २–२ विकेट लिएका छन् ।
चौथो दिन आइतबार इङ्गलिस इनिङ्गलाई म्याट प्रायर र स्टुवर्ट ब्रोडले अघि बढाउने छन् । प्रायर ६ र बोर्ड ९ रनमा अविजित छन् । कङगारु टोली अष्टे«लियाले भने पहिलो इनिङ्गमा ७ विकेटको नोक्सानीमा ५ सय २७ रन बनाउँदै इनिङ्ग समाप्तीको घोषणा गरेको थियो ।
यसअघि सम्पन्न दुई टेष्टमा जित दर्ता गराएको इङ्गल्याण्डले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाउँदै अष्टेलियाबिरुद्ध दबाव बनाएको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment