फोटोसहितको मतदाता नामावली संकलनको १ हप्ताका लागि म्याद थप

३१ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन भदौ १ गतेबाट ७ दिन समय थप गरेको छ ।

मतदानामा नामावलीमा नाम लेखाउने म्याद गत असार मसान्तमा नै सकिएको थियो । यसअघि नै सकिए पनि मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसहितका असन्तुष्ट दलको आग्रहमा म्याद थप गरिएको हो ।

उच्चस्तरीय राजनीतिक समितिले म्याद थपका लागि आयोगलाई आग्रह गरेको थियो । भदौ ७ गतेसम्म छुटेका मतदाताहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार असार मसान्तसम्ममा १ करोड २३ लाख ८ हजारले मतदाता नामावलीमा नाम लेखाएका छन् । देशभित्रका झण्डै ११ लाख र देशबाहिरका ३० लाख मतदाताको नामावली छुटेको आयोगको अनुमान छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...