चुनाव विथोल्ने क्रियाकलाप नगर्न सबै दलहरुलाई रेग्मीको आग्रह

२७ साउन । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनाव बिथोल्ने क्रियाकलाप नगर्न सबै दललाई आग्रह गर्नुभएकोछ ।

सामुदायिक रेडियो प्रसारक संघको औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष रेग्मीले संविधानसभाबाट संविधान पाउने नागरिकको अधिकारमाथि प्रहार नगर्न सबै दललाई आग्रह गर्नुभएको हो । असन्तुष्ट दलहरुसंग वार्ता गर्न सरकार र प्रमुख दलहरु तयार रहेकाले चुनावी वातावरण निर्माणमा सहयोग गर्न नेकपा–माओवादीलगायतका सबै दललाई उहाँले आग्रह गनुभयो । अध्यक्ष रेग्मीले सञ्चारको विकाससंगै लोकतन्त्रको भविष्य जोडिएकाले त्यतर्फ ध्यान दिंदै जनतालाई सुसुचित गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गर्नुभयो ।
सञ्चारमन्त्री माधव पौडेलले सरकार मंसिर ४ गते नै चुनाव गराउन प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो । मन्त्री पौडेलले लोककल्याणकारी विज्ञापनलाई समानुपातिक, सञ्चारमाध्यम समावेशी बनाउन सरकारले प्रतिवेदन अध्ययन गरिरहेकाले चाडै कार्यान्वयन हुने बताउनुभयो ।

कार्यक्रममा एनेकपा माओवादीका नेता पोष्टबहादुर बोगटी, एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाल, सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय शाह लगायतका नेताले आफुहरु चुनावका लागि प्रतिबद्ध रहेकोले असन्तुष्ट दलहरुपनि चुनावमा आउने विश्वास व्यक्त गरे । त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, टेलिभिजन व्रोडकास्टर्स एशोसियसनका अध्यक्ष आरके मानन्धर, मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहिया, व्रोडकास्टीङ एसोसियसन अफ नेपालका अध्यक्ष विष्णुहरी ढकाललगायतले छापा र विद्युतिय सञ्चारमाध्यममा रहेको बिभेद अन्त्य गर्न सरकारसंग माग गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...