२० साउन । आइतबारबाट एसएलसीको पूरक परीक्षा शुरु भएको छ ।
देलैखको नारायण क्याम्पस केन्द्रमा सेन्टरमा परेका बिद्यार्थीहरुलाई पुरानै प्रश्नपत्र वितरण गरिएपछि विद्यार्थीहरु आक्रोसित भएका छन् ।
नियमित अंग्रेजीको परीक्षाको क्रममा केन्द्रले आज २०६८ सालको परीक्षापत्र बांडेको थियो ।
बिद्यार्थीहरुले परीक्षाको एक घण्टा बिताईसकेपछि जिल्ला शिक्षा कार्यालय दैलेखले परीक्षा बीचमै रोकेपछि बिद्यार्थीहरु आक्रोसित बनेका हुन् ।
उनीहरुलाई पुनः नयाँ प्रश्नपत्र दिने परीक्षा केन्द्रले तयारी गरेपछि विद्यार्थीहरु केन्द्रमा बसेका थिए ।
जिल्लामा अन्य केन्द्रमा भने नयां परीक्षा पत्र बांडिएको थियो । दैलेख जिल्लाभर १२ सय ८५ जनाले पूरक परीक्षा दिईरहेका छन् । जसमा तीन वटा परीक्षा केन्द्र रहेको छ । उता, जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद अर्यालले भने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रश्नपत्र पठाउंदा गल्ती गरेको बताएका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

एसएलसी पूरक परीक्षा शुरु, दैलेखमा नयाँ विद्यार्थीलाई पुरानै प्रश्नपत्र
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment