धरानमा पनि इपीएसको फारम भर्नेको भीड

५ भदौ । सरकारले पहिलो पटक इपिएस प्रणाली अन्तर्गत कोरिया जान चाहनेको आवेदन केन्द्र सुनसरीको धरानमा तोकेपछि फर्म भर्नेहरुको भीड लागेको छ । फर्म भर्न राति १२ वजेदेखि नै केन्द्रमा युवाहरुको भिड लागेको हो ।

पुर्व क्षेत्रका विभिन्न जिल्लाबाट फर्म भर्न आएका युवाहरुले खुल्ला चौरमै रात विताएर फर्म भरेका छन् । धरान केन्द्रमा चार दिनसम्म आवेदन लिने व्यवस्था मिलाइए पनि पहिलो दिनमै चार हजार भन्दा बढी युवाले निवेदन दिएको अन्तर्राष्टिय श्रम सम्बन्ध तथा संघसंस्था अनुगमन शाखाका उपसचिव नारयण प्रसाद रिजालले जानकारी दिनुभयो ।

रिजालले आवेदनकर्ताहरुको सुविधाका लागि ८० जना कर्मचारी खटाइएको र बैंक भौचरका लागि ९ वटा काउण्टरको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...