दलित भएकै कारण मन्दिर प्रवेशमा रोक लगाउनेमाथि कारवाहीको तयारी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

दलित भएकै कारण मन्दिर प्रवेशमा रोक लगाउनेमाथि कारवाहीको तयारी

Share This
कृष्ण अविरल ।
११ भदौ । दलित प्रहरी जवानलाई मन्दिर प्रवेशमा रोक लगाउँने बाजुराको बुढीनन्दा घटनामा संलग्न पुजारी र प्रहरी सहायक निरीक्षक विरुद्ध उजुरी दिने तयारी भएको छ ।
बुढीनन्दा मेलामा सर्वसाधारणको सुरक्षार्थ खटिएका प्रहरी जवान जनक विकलाई दलित भएकै कारण मन्दिर प्रवेशमा रोक लगाएर अमानवीय व्यवाहार देखाई फिर्ता पठाउने पुजारी श्रीलाल बोहरा र प्रहरी सहायक निरीक्षक शेरबहादुर चन्द्र विरुद्ध उजुरी दिने तयारी भएको दलित अगुवाले बताएका छन् । उनीहरुले दुबै जनाका विरुद्ध जातिय छुवाछुत कसुर र सजाय ऐन २०६८ मुद्दा दर्ता गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
प्रहरीकै पोशाकमा रहेका विकलाई पुजारी बोहरा र प्रहरी सहायक निरीक्षक चन्दको कुटनीतिक पहलमा मन्दिर प्रवेश र मेलामा सहभागि हुन रोक लगाएका थिए । विकलाई जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने चतुदर्शी मेलामा दलित भएकोले मन्दिर पुग्न तीन घण्टा तलको बाटोबाट फिर्ता पठाइएको थियो । दर्शन गर्न गएकाहरुबाट दलित प्रहरी आएको थाह पाएपछि पुजारीले बाटो भन्दा अलि पर गएर कामाण्डरलाई रोक्न भनेका थिए । उनले दलित आएको भन्छन्, कित त्यो दलितले फिर्ता हुन पर्छ नत्र पुजा लाग्दैन भनेपछि प्रहरी निरीक्षकले आफुसँगै गएका जवानलाई फिर्ता जान भनेको स्वीकार गरेका छन् ।
सयैको संख्यामा रहेका दर्शनार्थी अगाडी अपमानित बनेपछि उनले पनि कमाण्डरको आदेश मानेर फिर्ता भएको प्रशासन कार्यालयमा सबैको सामु पीडित विकले दुखेसो गर्नु भएको छ । ‘पुजारीले आफ्नो कुनै दोष नभई धार्मिक संस्कार भएकोले जेल जान पनि तयार भएको बताउनु भएको छ । ७० वर्षको उमेरमा छु, १२ वर्षदेखि बुढीनन्दा जान थालेको, हुँ अहिलेसम्म केहि सुरक्षा नै चाहिएन वर्ष पनि किन जानु पथ्र्यो जिल्ला प्रशासन कार्यालयमा झन उल्टै पुजारीले धम्कीपूर्ण भाषा प्रयोग गर्नु भएको छ । उहाले मलाई जेल हाल्नु भनेकै बुढीनन्दा माईलाई जेल हाल्नु प्रशासन मै भन्नु भएको छ ।
दलित अधिकार कर्मीहरु यसलाई सामाजिक रुपान्तरणको आन्दोलनका लागि ठुलो मसाला जस्तै भएको भन्दै कार्वाहि गराएरै छोड्ने पक्षमा रहेका छन् । यो सिंगो दलित माथिको विभेद र मानव मानव बीचको अन्याय भएकोले कार्वाहि गरेरै छोड्ने दलित अगुवा टिका विकले बताउनु भएको छ ।
यतिबेला जिल्लामा रहेका दलित अगुवाहरु पार्टीगत नाता सम्बन्ध त्यागेर अधिकारकै पक्षमा एक मत भएर लाग्ने दलित अगुवा भुपेन्द्र विकले बताउनु भएको छ । प्रहरीको माथिल्लो निकायबाट जनक विकलाई बयान फेर्न लगाएर प्रहरी निरीक्षकलाई बचाउन लागिरहेका छन्, तर त्यो कदापी हुन नदिने जिल्ला दलित नेटवर्कका सचिव बसन्त विकले बताएका छन् । यता प्रमुख जिल्ला अधिकारी धुब्रराज जोशीले पनि घटनाको प्रकृति हेरेर कार्वाहि प्रक्रिया अगाडी बढाउन आफू तयार रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here