१२ भदौ । विश्व नम्बर एक सर्बियाली नोभाक जोकोभिच र स्वीस रोजर फेडेरर जारी युएस ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको पहिलो चरणको खेलमा नोभाक जोकोभिचले रिचार्ड बेरान्किसलाई ६—१, ६—२ र ६—२ को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् । जोकोभिचले बेरान्किसलाई खेलको तीन वटै सेटमा सहजै पराजित गरे । यस्तै गएराति नै भएको अर्को खेलमा १७ पटकका ग्राण्डस्लाम च्याम्पियन स्वीस रोजर फेडेररले स्लोभाकियाका ग्रेगा जेमेलजालाई ६—३, ६—२ र ७—५ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरे । यी दुई खेलाडीबीचको खेल १ घण्टा ३३ मिनेट चलेको थियो ।
गएराति नै सम्पन्न अन्य खेलमा अमेरिकी साम क्युरी, चेक रिपब्लिकका टोमास बर्डिच, क्यानडाका मिलेस रावनिक, अमेरिकी जोन इस्नर, जर्मनीका फ्लोरियन मायोर तथा फिनल्याण्डका जार्को नेइमिनेनले आ–आफ्नो खेलमा जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । यस्तै गएराति नै भएको महिला एकलतर्फको खेलमा डेनमार्ककी क्यारोलिन वज्नियाक्कीले चीनकी यिङ् यिङ् डुवनलाई ६—२ र ७—५ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरिन् । चेक रिपब्लिककी पेट्रा किभिटोभाले जापानकी मिसाकी डोइलाई ६—२, ३—६ र ६—१ को सेटमा तथा इटालीकी सारा इर्रानीले अस्ट्रेलियाकी ओलिभिया रोगोवस्कालाई ६—० र ६—० को सेटमा पाखा लगाउदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment