चुनाव सार्थक बनाउन २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन गर्नुपर्छः यादव

२९ साउन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभाको चुनाव सार्थक बनाउन २५ बुदे बाधा अड्काउ फुकाउ आदेश संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

काठमाडौमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष यादवले राष्ट्रपतिको कदम असंवैधानिक र चुनावका लागि बाधक भएका भन्दै आदेश संशोधन गर्न माग गर्नुभयो । उहाँले कर्मचारीतन्त्र हावी भएको भन्दै चुनावले नै अन्त्य गर्ने बताउँदै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायधिशको पदबाट राजीनामा दिनुपर्ने बताउनु भयो ।

उहाँले जनसंख्याको आधारमा क्षेत्र निर्धारण हुने प्रावधान असफल बनाएको आरोप समेत लगाउनु भयो । कार्यक्रममा अध्यक्ष यादवले समानुपातिकको सिट संख्या पनि बढाउनु पर्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...