युएस ओपन टेनिसमा सेरेना र नाडालबाट विजयी सुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

युएस ओपन टेनिसमा सेरेना र नाडालबाट विजयी सुरुवात

Share This
११ भदौ । दावेदारहरु सेरेना विलियम्स र रफाईल नदालले युएस ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् ।
न्युयोर्कको फ्लसिङ मिडोजमा सुरु भएको वर्षको चौथो ग्रान्स्लाममा सेरेनाले ईटालीकी फ्रान्सेस्का सियाभोनीलाई पाखा लगाईन् । सियाभोनी विरुद्धको खेल साविक विजेता सेरेनाले ६–० र ६–१ को सोझो सेटमा जीतीन् ।

महिलातर्फकै अन्य खेलहरुमा विजयी हुँदै पोल्याण्डकी आग्नेश्का राड्वान्सका र अमेरीकाका भेनस विलियम्स पनि दोस्रो चरणमा उक्लेका छन् ।

यता पुरुषतर्फ दावेदार रफाइल नदाल दोस्रो चरणमा उक्लेका छन् । स्पेनीस खेलाडी नदालले पहिलो चरणमा अमेरीकाका रायन ह्यारीसनलाई ६–४, ६–२ र ६–२ को सेटमा हराए । यसैगरी स्पेनका डेभिड फेरर र फ्रान्सका रिचार्ड ग्यास्केले पनि युएस ओपनमा विजयी सुरुवात गरेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here