आन्तरिक राजस्व कार्यालयबाट बजार अनुगमनलाई तीब्रता

५ भदौ । आन्तरिक राजस्व कार्यालय भरतपुरले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

सो क्रममा कर कार्यालयमा दर्ता भए–नभएको, करपाटी राखेरनराखेको लगायतका विषयमा अनुगमन गरिएको सो कार्यालयका प्रमुख प्रेम उपाध्यायले बताउनुभयो ।
अनुगमनका क्रममा भरतपुर अस्पतालअगाडिका नौवटा पसललाई कार्यालयले कारबाहीस्वरुप जरिवाना तिराएको छ ।

मङ्गलबार साँझ अबेरसम्म अनुगमन गर्दा आठवटा पसलमा करपाटी नभेटिएपछि रु दुई हजारका दरले जरिवाना गरिएको छ भने एउटालाई पान नम्बर लिएर व्यवसाय सञ्चालन गर्न सचेत गराइएको छ । पछिल्लो समय जिल्ला अनुगमन समितिले चितवनका मुख्य बजार क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...