मकवानपुरमा पनि बर्डफ्लुको संक्रमण फैलियो

३२ साउन । मकवानपुरमा दुई स्थानमा बर्डफ्लु फेला परेको छ । हेटौँडाको वडा नम्बर ८ कमाने र ६ चौघडामा बर्डफ्लु फेला परेको हो ।

कमानेमा रहेको हेमबहादुर गुरुङको हिमाल पोल्ट्री फर्म र चौघडाकी शान्ता राईले पालेको लोकल कुखुरामा बर्डफ्लु फेला परेको पुष्टि भएको छ । शुक्रबार साँझ बसेको जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले दुई स्थानमा बर्डफ्लुको पुष्टि गरेको छ ।

समितिका संयोजक एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको नेतृत्वमा बसेको बैठकमा पशु सेवा विभागले दुई स्थानमा बर्डफ्लुको पुष्टि गरेको जानकारी दिईएको थियो । बैठकमा जिल्ला पशु सेवा कार्यालय मकवानपुर, सुरक्षा निकाय, व्यवसायी, राजनैतिक दल, उपभोक्ता मञ्चका पदाधिकारीसहितको सहभागिता रहेको थियो ।

बैठकले बर्डफ्लु फेला परेका दुई स्थानका ५ सय मिटर वरीपरीको कुखुरा नष्ट गर्न पशु सेवा कार्यालय मकवानपुरका डा. चेतनारायण खरेलको नेतृत्वमा टोली परिचालन हुने बैठकमा जानकारी दिईएको थियो ।

बर्डफ्लु भेटिएको ठोउँमा शनिबार एक दर्जन फर्मका करिव ७ हजार कुखुरा नष्ट गरिने भएको छ । ५ दिन अघि कुखुरा मर्न थालेपछि परिक्षणका लागि राजधानीस्थित प्रयोगशालामा पठाईएकोमा विभागले बर्डफ्लुको पुष्टि गरेको थियो ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...