राहित्यकार मोदनाथ प्रश्रित पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

राहित्यकार मोदनाथ प्रश्रित पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित

Share This
१४ भदौ । साहित्यकार मोदनाथ प्रश्रित पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा भएको कार्यक्रममा राष्ट्रपति डाक्टर रामवरण यादवले चारलाख रुपैयाँ राशीको पृथ्वी प्रज्ञा पुरस्कारले प्रश्रितलाई सम्मान गर्नुभएको हो । यस्तै एकलाख रुपैयाँ राशीको नेपाल प्रज्ञा भाषा पुरस्कार योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । एकलाख रुपैयाँ राशीकै नेपाल प्रज्ञा, सामाजिक शास्त्र, संस्कृति र दर्शन पुरस्कार ज्ञानमणि नेपालले पाउनु भएको छ ।

यसैगरी मातृभाषा साहित्यतर्फकोे नेपाल प्रज्ञा पुरस्कार लोकबहादुर गुरुङ र रेवतीरमण लाललाई प्रदान गरिएको छ । तराई र पहाड–हिमालका मातृभाषा साहित्यकारलाई प्रदान गरिने पुरस्कारको राशी जनही ५०–५० हजार रुपैयाँ रहेको छ । २०१४ सालमा सुरु गरिएको प्रज्ञा पुरस्कार ०६२÷६३ को जनअन्दोलन पछि वितरण रोकिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here