पाकिस्तानी स्वतन्त्रता दिवस मनाइँयो

३० साउन । पाकिस्तानको ६७ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौस्थित पाकिस्तानी दूतावासले बुधबार कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा नेपालकालागि पाकिस्तानी राजदूत अर्सद साउद खोसाले झण्डोत्तोलन गर्नु भयो । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी र प्रधानमन्त्री मैं मोहम्मद नवाज शरिफले पठाउनु भएको शुमकामना सन्देश पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा काठमाडौमा रहेका पाकिस्तानी नागरिकहरुको उपस्थिति रहेको थियो । सन् १९४७ अगस्ट १४ तारिकका दिन पाकिस्तानले मोहम्मद अलि जिन्हाको नेतृत्वमा भारतबाट स्वतन्त्र भएपछि स्वतन्त्रता दिवस मनाउदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...