गुणस्तरहीन पानी विक्रि गरेको भन्दै दुई वटा वाटर कम्पनीमा शिलबन्दी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गुणस्तरहीन पानी विक्रि गरेको भन्दै दुई वटा वाटर कम्पनीमा शिलबन्दी

Share This
११ भदौ । अनुगमन टोलीले रुपन्देहीको भैरहवामा गुणस्तरहीन पिउने पानी विक्री गरेको भन्दै दुई वटा मिनरल वाटर कम्पनीमा शिलबन्दी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले पूर्व अर्थ राज्यमन्त्री भरतकुमार शाहको सिद्धार्थ ड्रिङकिङ वाटर इन्डष्ट्रिज र लक्ष्मण न्यौपानेले सञ्चालन गरेको मल्टिटेक इन्डष्ट्रिजमा गुणस्तरहीन पानी भेटिएको भन्दै शिलबन्दी गरेको हो । अनुगमनका क्रममा शंकास्पद मानिएका दूई कम्पनीबाट उत्पादित पिउने पानी केन्द्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयमा चेकजाँच गर्दा गुणस्तरहीन र पिउनयोग्य नरहेको पाइएपछि शिलबन्दी गरिएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
केही दिनयता जिल्ला प्रशासन कार्यालयले रुपन्देहीका विभिन्न स्थानमा अनगमन तीव्र पारेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here