सुनको मुल्यमा उतार चढाव जारी, आज ओरालो लाग्यो

३० साउन । नेपाली बजारमा सुनको मुल्यमा उतारचढाब आउने क्रम जारी रहेको छ ।

बुधबार सुनको मुल्य प्रति तोला ४ सय ५० रुपैयाँ घटेर ५३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मुल्य बुधबार तोलामा साढे ४ सय रुपैयाँ घटेर ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा ५४ हजार ५० कायम भई कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदीको मुल्य ५ रुपैयाँले घटेर तोलामा ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...