प्रहरीको जारी भर्ना प्रक्रियमा लोकसेवाको प्रत्यक्ष सहभागिता - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

प्रहरीको जारी भर्ना प्रक्रियमा लोकसेवाको प्रत्यक्ष सहभागिता

Share This
९ भदौ । प्रहरीले जारी भर्ना छनौट प्रक्रियामा लोकसेवा आयोगको प्रत्यक्ष सहभागिता हुने भएकाले कुनैपनि चलखेल नहुने स्पष्ट पारेको छ ।
प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदको भर्ना छनौटमा चलखेल हुने गरेको समाचार बाहिर आएपनि प्रहरी प्रधान कार्यालयले आतबार पत्रकार सम्मेलन गरी भर्ना छनौट प्रक्रिया निष्पक्ष हुने दावी गरेको हो । प्रहरीले अहिले सम्म नक्कली विद्यार्थी बनेर भर्नामा चलखेल गरेको भन्दै विराटनगरबाट तीन जना र दिपायलबाट दुई जनागरी पाँच जनालाई पक्राउ गरी कारवाही गरेको बताएको छ ।
प्रहरीले अहिले प्रहरी निरीक्षक पदमा १ सय ३८ जना, प्रहरी सहायक निरीक्षक पदमा १ हजार ६० जना र प्रहरी जवान पदमा ६ हजार एक सय जनाको दरबन्दी थपेर भर्ना लिइरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here