नेपाल प्रहरीबाट विशेष सुरक्षा अभियान संचालन - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाल प्रहरीबाट विशेष सुरक्षा अभियान संचालन

Share This
३२ साउन । नेपाल प्रहरीले शुक्रबारबाट उपत्यकामा सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्यले प्रहरीले एक महिने विशेष सुरक्षा अभियान संचालन गरेको छ ।
पछिल्लो समय राजधानीमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि त्यसलाई रोक्न नेपाल प्रहरीले विशेष सुरक्षा अभियान सुरु गरेको हो ।
निर्वाचनको मिति नजिकिँदै गएपछि विभिन्न राजनीतिक दलका भ्रातृसंगठनहरुको चन्दा आतंक, निर्वाचन बहिस्कारका कार्यक्रम, गुन्डागर्दी लागूऔषध ओसार पसार, वेश्यावृत्ति लगाएतका आपराधिक क्रियाकलाप रोक्न एक महिने विशेष सुरक्षा सुरक्षा अभियान लागू गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरीले सुरु गर्न लागेको अभियानअन्तर्गत उपत्यकाका तीनवटै जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन विशेषज्ञ कुकुरको प्रयोग गरिनेछ ।
संविधानसभाको निर्वाचनमा उपत्यकाका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एक महिने सुरक्षा अभियान ल्याइएको महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरितm महानिरी नवराज ढकालले बताउननुभयो ।
एक महिने सुरक्षा अभियान सकिए तगत्तै चाडबाडलाई मध्यनजर गरी थप सशक्त सुरक्षा अभियान लागू गरिने एआइजी ढकालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here