संविधानसभाको चुनावपछि स्थानीय निकायको चुनाव हुन्छः खिलराज

२९ साउन । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले स्थानिय निकायको निर्वाचन आगामी संविधानसभाको चुनावपछि हुने बताउनु भएको छ ।

काठमाडौमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष रेग्मीले स्थानिय निकायको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै यहि वर्षभित्र चुनाव हुने बताउनु भयो ।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले चारदल स्थानिय निकायको चुनाव गराउन प्रतिबद्ध भए आयोग तयार रहेको बताउनु भयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले स्थानिय निकायको निर्वाचन अपरिर्हाय भए पनि संविधानसभा चुनाव अगाडी हुन नसक्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्थानिय निकायको चुनाव समयमै भएमा लोकतन्त्रको सम्बोधन हुने बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...