आपराधिक घटनामा संलग्न भएका अभियुक्त बजगाईँ सार्वजनिक - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आपराधिक घटनामा संलग्न भएका अभियुक्त बजगाईँ सार्वजनिक

Share This
३१ साउन । विभिन्न आपराधिक घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका आकाश नामले चिनिने दीपकराज बजगाईंलाई विहीबार टीकापुरमा सार्वजनिक गरिएको छ ।
कैलालीको पूर्वी क्षेत्रमा पर्ने बलिया गाविस घर भएका बजगाईंले पायोनियर एकेडेमीको भे१ख १२८१ नंको बसमा गत वैशाख १९ गते राति आगजनी गरी क्षति गराएको, स्थानीय व्यापारीहरूमा चन्दाआतङ्क मच्चाएको र सार्वजनिकस्थलहरूमा शङ्कास्पद बमजस्तो वस्तु राखी आपराधिक क्रियाकलाप गरेको अभियोग उनीमाथि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले पत्रकारसम्मेलन गरी अभियुक्त बजागाईंलाई विहीबार विहान सार्वजनिक गरेको हो । फरार रहेका उनलाई केही दिनअघि काठमाडौँबाट कैलाली जाँदै गरेको अवस्थमा प्रहरीले पक्राउ गरेको थियो । उनी जातीय मुक्ति मोर्चा पार्टीको नामाबाट आकास नामले चिनिने गरेको बताइएको छ ।

पत्रकारसम्मेलनमा प्रहरीनायब उपरीक्षक भेषराज श्रेष्ठले इलाका प्रहरी कार्यालयले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सक्रियता बढाएको बताउनुभयो ।
प्रहरीको जाँचका क्रममा बेवारिसे अवस्थामा गत एक महिनायता बरामद भएका छ थान मोटरसाइकल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया सुरु गरिएको पनि सो अवसरमा जानकारी दिइएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here