उच्च पदस्थसहित २१ जना कर्मचारी अख्तियारको नियन्त्रणमा

५ भदौ । अख्तियार दुरूपयोग अनुसनधान आयोगले भ्रष्टाचारको अभियोगमा तीन सरकारी निकायका उच्चपदस्थ सहित २१ कर्मचारीलाई पक्राउ गरेको छ। आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकसहित १० वैदेशिक रोजगार विभागका निर्देशकसहित ६ एवं अध्यागमन विभागका पाँच कर्मचारीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।


न्यून गुणस्तरको ट्रान्सफरमर खरिद गरी अवौं भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा. जिवेन्द्र झा, पूर्वनिमित्त कार्यकारी निर्देशक टीकाराम बीसी, पूर्वमहाप्रबन्धक चिरन्जीवी शर्मा र तनहुँ हाइड्रोपावरका आयोजना प्रमुख महेशप्रसाद आचार्यलाई पक्राउ गरी हिरासतमा राखेको छ।

ग्रिड विभागका निर्देशक देव शर्मा पौडेल, ग्राहक तथा वितरण जिन्सी व्यवस्थापन महाशाखाका प्रबन्धक कृष्णबहादुर थापा, उपनिर्देशक कृष्णबहादुर केसी, तत्कालीन काठमाडौं सुदृढीकरण आयोजनाका निमित्त प्रमुख प्रमोद रिजाल र वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशील खनाललाई पनि पक्राउ गरी हिरासतमा लिएको छ।

यसअघि हुवेईमार्फत नै खरिद गरिएका ट्रान्सफर्मर खरिद प्रकरणमा हुवेईका दुई चिनियाँ प्रतिनिधिसहित प्राधिकरणका १४ कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। कार्यकारी निर्देशकसहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ। पूर्वसञ्चालकद्वय मुकेश काफ्ले र डा। केपी दुलालको छुट्टाछुट्टै प्रतिवेदनले २०६३ देखि २०६८ सम्ममा विभिन्न मुलुकबाट ४ हजार ६ सय ५७ थान ट्रान्सफर्मर गुणस्तरहीन देखिएको उल्लेख छ।

अर्का पूर्वसञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले कार्यकारी निर्देशक यादवसहित ३३ जना कार्यरत र पूर्वप्राधिकरण कर्मचारीलाई ट्रान्सफर्मर प्रकरणमा दोषी देखाएको थियो।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...