कैलाली जिल्लालाई लागुऔषध दूव्र्यसनीमुक्त बनाइने - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

कैलाली जिल्लालाई लागुऔषध दूव्र्यसनीमुक्त बनाइने

Share This

२७ साउन । जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख प्रहरी उपरिक्षक मोहनदेव जोशीले जिल्लालाई लागुऔषध दुव्र्यसनी मुक्त बनाउने घोषणा गर्नुभएको छ ।
कैलालीमा लागु पदार्थ दुव्र्यसनीको संख्या बढ्दै गएकाले अपराधिक घटना बढेको निष्कर्षपछि जोशिले लागुऔषधमुक्त जिल्ला बनाउने घोषणा गर्नुभएको हो । कैलालीमा खुला सिमाका कारण लागु पदार्थको कारोबार र सेवन गर्नेको संख्या बढ्दै गैरहेको छ ।

प्रहरी उपरिक्षक जोशीले आर्थिक वर्ष २०६७÷०६८ देखि हालसम्म कैलालीमा लागु औषधका घटनामा ५० जना पक्राउ परेको जानकारी समेत दिनुभयो ।


उहाँले लागु औषध दुव्र्यसनीलाई रोक्न सके मात्रै पनि अपराध नियन्त्रण हुने बताउनुभयो । लागुऔषधको रोकथामका क्षेत्रमा कार्यरत संस्था नारकोनन्का दक्षिण एशिया प्रमुख बसन्तराज कुँवरले लागुऔषधको असरका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, खेलाडी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here