श्रीमानको मृत्यु भएपछि पाँच सन्तानकी आमाको विचल्ली - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

श्रीमानको मृत्यु भएपछि पाँच सन्तानकी आमाको विचल्ली

Share This
कृष्ण ओली ।
२६ साउन । बुढीगंगा–२ मनाका भट्टे लवारको मृत्युपछि उनका सात जनाको परिवार सहारा विहिन बनेका छन् । लामो समयदेखि ब्लड क्यान्सरका विरामी लवारको शनिबार विहान मृत्युपछि उनका पाँच सन्तान, श्रीमति र वृद्धा आमा सहारा विहिन बनेका हुन् । लवारको ३५ वर्षको अल्पआयु मै उपचार हुन नसकी ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।
आर्थिक अवस्था कमजोर भएका लवारको परिवारले भएभरको सम्पत्ति र जग्गा जमिन विक्रि गरेर भारतको नयाँ दिल्ली, लगनउ लगाएतका शहरमा लिएर उपचार गराएका थिए । लवारसँग भएको आर्थिकले उपचारका लागि संभव नभएपछि अन्ततः शनिबार विहान घरमै मृत्यु भएको आफन्त धनबहादुर विकले बताएका छन् । जग्गा जमिन, श्रीमतिले लगाएका कानका सुन, सहित सबै विक्रि वितरण गर्दा पनि उपचार हुन सकेन । आखिरमा दैवले पनि लिएरै छोड्यो अब के गरेर परिवार पाल्ने उनकी श्रीमतिले गहभरी आसु पार्दै भनिन् ।

पूर्ण रुपमा क्यान्सरले छोपीसकेकोले उनीसँग भएको आर्थिकले उपचार संभव नभएपछि गाउँलेले उनलाई एक महिना पहिले घर ल्याएका थिए । अशिक्षा र अज्ञानताका कारण सानो उमेरमै पाँच सन्तानलाई जन्म दिएका लवारको मृत्यु पछि सन्तानको शिक्षा दीक्षा लालन पालन सबै जिम्मा उनकी श्रीमतिमाथि परेको छ । सात जनाको परिवारलाई पाल्ने अन्न उब्जाउ हुने जमिन पनि छैन् अर्को सहारा पनि छैन कसरी बाँच्नु उनकी श्रीमतिले विलौना गर्न थालेकी छन् ।

ब्लड क्यान्सरको उपचार गर्ने आर्थिक क्षमता सबैसँग नहुने भएकोले लवार जस्तै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here