तोकिएकै मितिमा चुनाव हुन्छ, अनावश्यक शंका नगरौं : प्रचण्ड

४ भदौ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ ।


जनकपुरमा मंगलबार भएको अन्तरक्रियामा प्रचण्डले जस्तोसुकै अवस्थामा पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने दोहो¥याउनुभयो ।
सरकार र निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु¥याएको तथा अधिकांश ठूला दल र आमजनता निर्वाचनको पक्षमा रहेका कारण निार्वचन भएरै छाड्ने प्रचण्डको भनाइ थियो । तोकिएकै समयमा निर्वाचन हुन नसके उत्पीडित क्षेत्र, वर्ग र लिंगका जनतालाई सबैभन्दा बढी घाटा पुग्ने भन्दै उहाँले निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो स्थानबाट दबाब दिन आम जनतालाई अपिलसमेत गर्नुभयो । निर्वाचन प्रक्रियाको विरोधमा रहेकामध्ये उपेन्द्र यादव नेतृत्वको मोर्चा सहमतिमा आइसकेको र मोहन वैद्य र अशोक राईसँग सहमति जुटाउने प्रयास जारी रहेको जानकारी उहाँले दिनुभयो । सबैलाई सहमतिमा ल्याएर निर्वाचन गराउन आफूहरु तयार रहेको भन्दै प्रचण्डले मोहन वैद्य समूह सहमतिमा नआए पनि निर्वाचन नरोकिने दाबी गर्नुभयो ।

समयमै प्रक्रियामा नगएका कारण विघटित संविधानसभाबाट सविधान जारी गर्न नसकिएको स्मरण गर्दै प्रचण्डले अब त्यस्तो गल्ती नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुरुमा सहमतिका लागि प्रयास गर्ने र त्यस्तो प्रसाय सार्थक नभए संविधानका विवादित विषयको टुगो निर्वाचन प्रक्रियामार्फत लगाउने सहमति दलहरुबीच भइसकेको जानकारी उहाँले दिनुभयो ।

कांग्रेस–एमालेले गत संविधानसभा निर्वाचन परिणाम स्वीकार गर्न नसक्दा सहमतीय राजनीतिबाट बहुमतीयमा प्रवेश गर्नुपरेको र त्यसकै कारण संविधान बनाउने मूल मुद्दाबाट दलहरुको ध्यान सत्ता बनाउने र गिराउनेमा केन्द्रित भएको कुरा बुझ्न प्रचण्डको आग्रह थियो ।

आगामी निर्वाचनबाट संघीयता र परिवर्तन पक्षधर शक्तिलाई बहुमत दिएर पठाउन प्रचण्डले अपिलसमेत गर्नुभयो । परिवर्तन पक्षधरको दुई तिहाई बहुमत नआए मुलुक पुन अप्ठ्यारो पर्नसक्ने प्रचण्डको दाबी छ ।

अध्यक्ष प्रचण्डले कांग्रेस एमाले संविधानसभा निर्वाचन परिणामबाट आफ्नो पार्टीसँग डराएका कारण १२ बुँदे सहमतिबाट सुरु भएको सहमतीय राजनीतिक यात्रा पूर्णबिराम लागेको र सोही कारण संविधान बन्न नसकेको चर्चा गर्नुभयो ।

अर्को एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले सेनापति प्रकरणमा एमालेले घात गरेको बताउनुभयो । प्रधानमन्त्रीको हैसियतमा सबै सत्तारूढ घटकसँगको सहमतिमा जननिर्वाचित सरकारको आदेश अवज्ञा गर्ने तत्कालीन प्रधानसेनापतिमाथि कारबाही गरिए पनि एमाले अध्यक्ष झलनाथ खनालले रुख चढाएर फेद काट्ने काम गरेको उहाँको टिप्पणी थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...