ला लिगामा बार्सिलोना र रियल म्याड्रिडबाट विजयी सुरुवात - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

ला लिगामा बार्सिलोना र रियल म्याड्रिडबाट विजयी सुरुवात

Share This
३ भदौ । स्पेनिस लिग ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन बार्सिलोना र रियल म्याड्रिडले विजयी सुरुवात गरेका छन् ।
घरेलु मैदान क्याम्प नाउमा गएराती भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई शून्यका विरुद्ध सात गोलको विशाल अन्तरले पराजित गरेको हो ।
खेल सुरु भएको २ मिनेट पनि बित्न नपाउदै बार्सिलोनाले एलेक्स सान्चेजको गोलबाट खेलमा अग्रता लिएको थियो । खेलको ११औं मिनेटमा लिओनेल मेस्सीले गोल गरे । २३औं मिनेटमा ड्यानी अल्भेसले गोल गरेका थिए । एकपक्षीय रहेको खेलको २५औं मिनेटमा पेड्रोले गोल गरेपछि खेलमा बार्सिलोनाले चार—शुन्यको अग्रता लियो । खेलको ४१ औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत आफ्नालागी दोस्रो तथा क्लबका लागी पाँचौं गोल गरे ।

४४औं मिनेटमा जाभीले गोल गरेपछि पहिलो हाफमा बासिर्लोना ६–० को अग्रता लिन सफल भयो । दोस्रो हाफको ७२औं मिनेटमा पेड्रोले आफ्नालागी दोस्रो तथा क्लबका लागि सातौं गोल गरेपछि लेभान्ते सात—शून्य गोल अन्तरको हार ब्यहोर्न बाध्य भयो । त्यस्तै, गएराति नै भएको अर्को खेलमा रियल म्याड्रिड्ले रियल बेटिसलाई एकका विरुद्ध दुई गोल अन्तरले हराएको छ । खेलको १२ औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दै रियल बाटिसलाई अग्रता दिलाए ।

२५ औंं मिनेटमा करिम बेन्जामाले बराबरी गोल गरे । खेलको ८६औंं मिनेटमा इस्कोले डेब्यू खेलमा गोल गरेपछि रियल म्याड्रिड दुई—एक गोल अन्तरले विजयी भएको हो । जितपछि बार्सिलोना र रियल म्याड्रिडले महत्वपूर्ण तीन—तीन अंक जोडेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here