२६ साउन । दोस्रो राष्ट्रिय स्क्वास प्रतियोगितामा अमृत थापाले दोहोरो स्वर्ण पदक जितेका छन् ।
सातदोवाटोस्थित नेपाल स्क्वास एकेडेमीमा सम्पन्न प्रतियोगितामा थापाले पुरुष एकल र जुनियर ब्वाईजतर्फको उपाधि जितेका हुन् ।
पुरुष एकलतर्फको फाईनल खेलमा आफ्नै बाबु हिराबहादुर थापालाई हराँउदै अमृतले उपाधि जितेका हुन् । झण्डै दुई दशकसम्म नेपाली स्क्वासमा एकछत्र राज गर्दै आएका हिराबहादुरलाई उनकै छोरा अमृतले ३–१ को सेटमा हराए ।
यसअघि विश्व स्क्वास दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा पनि अमृतले हिराबहादुरलाई हराएका थिए ।
पुरुष एकलतर्फको उपाधि जित्नुअघि अमृतले जुनियर ब्वाइजतर्फको साविक उपाधि रक्षा गरिसकेका थिए । यो स्पर्धामा अमृतले अरान्तकेशर सिंहलाई ३–० ले हराए । सिंह विरुद्धको खेल अमृतले १२–१०, ११–६ र ११–४ ले आफ्नो पक्षमा पारे ।
हिराबहादुर थापाकै परिवारको वर्चश्व रहेको प्रतियोगिताको महिला एकलतर्फ हिराकै छोरी कृष्णा थापाले उपाधि जितिन् ।
यो स्पर्धाको फाइनलमा कृष्णाले विपना ब्लोनलाई ११–७, ११–३ र ११–५ को सोझो सेटमा हराईन् ।
त्यसैगरी ४५ वर्षमाथिको प्लेट मास्टर्सको फाइनलमा जसु सैंजुलाई १२–१०, ११–५ र ११–६ को सोझो सेटमा पन्छाउदै किशोर महर्जनले उपाधि जिते ।
नेपाल स्क्वास एण्ड (याकेट्स संघको आयोजना तथा क्यापिटल ग्रिलको प्रायोजनमा सक्पन्न प्रतियोगिताका विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले पुरस्कार वितरण गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment