तोकिएकै समयमा चुनाव सम्पन्न हुन्छः माधव नेपाल

१ भदौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले चुनावका विषयमा अनावश्यक शंका नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

आज राजधानीमा भएको एक कार्यक्रममा एमाले नेता नेपालले निर्वाचन हुँदैन की भनेर संका नगरी निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको हो ।
असन्तुष्ट दललाई मनाउने सम्बन्धमा वार्ता भईरहेको भन्दै नेपालले तोकीएकै समयमा निर्वाचन सम्पन्न हुने दाबी गर्नुभयो ।
मुलुकको राजनीतिक निकासको एक मात्र बिकल्प संविधानसभा चुनाव भएकाले सबैले चुनाव सफल बनाउन आफ्नो ठाउँमा सकारात्मक रुपमा लाग्नसमेत आग्रह गर्नुभयो ।

निर्वाचन नचाहने केही तत्वले मुलुकमा अस्थिरता चाहेको भन्दै नेपालले त्यस्ता तत्वलाई पाखालगाउन पनि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...