२३ साउन । नेपालगन्ज नगरपालिकाले समयमै नाला सरसफाई गरी फोहरमैला ब्यवस्थित गर्न नसक्दा सर्वसाधारण जनतालाई हिडडुल मात्र होइन यति बेला अस्पतालमा उपचार गर्न आएका विरामीसमेत झनै विरामी पर्दै गएका छन् ।

मध्यपश्चिम क्षेत्रको केन्द्रविन्दु मानिएको नेपालगन्ज शहर तर दुर्गन्धित फोहरमैलाका कारण नेपालगन्ज शहर होइन 'नेपालगन्ध' शहरको रुपमासमेत परिचित बन्न थालेको छ । दिनप्रतिदिन बढ्दो जनसंख्या र अव्यवस्थित ढल निकास आदिका कारण दिनप्रतिदिन समस्या बढ्दै गएको छ ।
ढलको निकास नहुंदा दुर्गन्ध फैलिने, नगरको प्रत्येक वडामा उत्तिकै फोहोर मैला ठाउं ठाउंमा थुपारिने, साथै बाटो र ढल मात्र नभई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, भेरी अञ्चल अस्पताल वरिपरि अत्यन्त फोहोरमैलाको गन्धले उपचारका लागि अस्पतालमा आएका विरामी झनै विरामी पर्ने गरेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका म्यानेजिंग डाइरेक्टर शुरेश कोनिडियाका अनुसार अस्पतालले सरसफाईकोलागि पहल गरेको दावी गर्दै नगरपालिकाले नै सरसफाईकोलागि चरम लापरवाही गरेको हुंदा फोहोरमैलाले दिनानुदिन ठाउं पाएको बताए ।
अस्पताल किनारा नजिक लामो समय देखि फलफूल बेच्दै गुजारा गरेका हिराज राईका अनुसार–‘भोको पेट भर्नकालागि भएपनि दुर्घन्धित फोहोरमैला र अव्यवस्थित ढलको किनारामा बसेर जिविकोपार्जन गर्न बाध्य छु ।’ फलफूल किन्न आउनेहरुले यस्तो फोहरमैलामा बसेर कसरी फलफूल बेच्दछौ भन्दा जवाफमा राईले यसरी बताउछन्– ‘भोको पेट गुजारा गर्न अर्को विकल्प छैन ।’ उनि जस्ता फलफूल, चाट, तरकारी, खाजा, मासु, चाउमिन बेच्ने सयौं व्यवसायीहरु अस्पताल किनारामा ब्यापार गरिरहेका छन् । उनीहरुले नै ब्यापार गरेका बस्तुकोे व्यवस्थापन गर्न नसक्दा झनै फोहोर भएको हो ।
अस्पताल अगाडी, गेटदेखि किनारा र मेडिकल स्टोरको वरपरपनि जताततै फोहोरै फोहोर छरिएको छ । लामो समय मेडिकल स्टोरमा काम गरेका श्रीधर आचार्यका अनुसार नगरपालिकाले ढल निकास र फोहोर ब्यवस्थापन गर्न नसक्दा यसरी जताततै फोहोर फयाक्न बाध्य भएको बताए ।
खजुरा निवासी प्रेम खरेलका अनुसार नगर भित्र रहेका अस्पताल, बाटो ढललाई सफासुघर बनाउनकोलागि राज्यले मासु पसल, तरकारी पसल, फलफूल पसललगायतलाई व्यवस्थित गर्न सके अस्पतालमा आएका विरामीहरुको स्वास्थ्यमा फाईदा हुने बताउँदै नगरलाई सरसफाई गर्न नगरबासीको उत्तिकै भूमिका हुनु पर्ने बताए ।
No comments:
Post a Comment