४ भदौ । घरेलु हिंसाबाट पीडित प्रमिला शाक्यलाई न्याय दिनुपर्ने माग गर्दै उनका आफन्त तथा अधिकारकर्मीले मंगलबार बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा धर्ना दिएका छन् ।
पीडितका छिमेकी, आफन्त तथा अधिकारकर्मी दोषीलाई कानुनी कारबाहीको माग गर्दै अदालत अगाडि विरोध प्रदर्शन गरी धर्नामा उत्रेका थिए । विवाहित शाक्य स्वयम्भूस्थित आफ्नै निवासमा श्रीमान् तथा सासू, ससुराबाट विगत १४ वर्षदेखि हिंसा खेप्दै आएकी थिइन् । पछिल्लो समयमा हिंसा निकै बढेपछि एक महिनाअघि ललितपुरस्थित माइती आई घटनाका बारेमा सूचना दिएकी थिइन् ।
पीडितकी भाउजू डा अमिता प्रधानले पीडक पक्षले लामो समयदेखि शाक्यलाई कुटपिट गरी यातना दिने, खान नदिने, पानी खन्याइदिने, खुर्सानी पोलेर मानसिक तनाव दिने गरेको सूचना पाएपछि गत साउन १७ गते सोही अदालतमा पीडकका विरुद्ध मुद्दा दर्ता गरिएको बताउनुभयो ।
करिब १०० जनाको सहभागिता रहेको सो कार्यक्रममा सहभागीले फितलो कानुन चाहिँदैन, पीडकलाई संरक्षण गर्न पाइँदैनलगायत नारबाजी गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

न्यायको माग गर्दै अदालतमै धर्ना
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment