सिन्सीनाटी ओपन टेनिसको उपाधी नाडालले जिते - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सिन्सीनाटी ओपन टेनिसको उपाधी नाडालले जिते

Share This
३ भदौ । विश्व नम्बर तिन स्पेनी राफेल नाडालले सिन्सीनाटी ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
गएराती भएको पुरुष एकलतर्फको फाइनल खेलमा स्पेनी राफेल नाडालले अमेरिकी जोन इस्नरलाई ७—६ र ७—६ को सेटमा हराएका हुन । २७ वर्षिय नाडालले जितेको यो २६ औ मास्टर टाइटल हो भने खेल जीवनको ५९औं उपाधि हो ।

यसअघि भएको सेमिफाइनल खेलमा नाडालले चेक रिपब्लिकका टोमास बर्डिचलाई तथा इस्नरले अर्जेन्टिनी जुवान मार्टिन डेल पोर्टोलाई पराजित गदै फाइनलको यात्रा तय गरेका थिए ।

त्यस्तै, गएराती नै भएको महिला एकल तर्फको खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्काले अमेरिकी सेरेना विलियम्सलाई २—६, ६—२ र ७—६ को सेटमा हराएकी छिन । यि दुई खेलाडी विचको फाइनल खेल २ घण्टा ३० मिनेट चलेको थियो । उपाधिसंगै अजारेन्काको खेल जीवनको उपाधि सङ्ख्या १७ पुगेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here