राजनीतिक निकासका विषयमा राष्ट्रपति यादव र अध्यक्ष रेग्मीबीच छलफल

२९ साउन । राष्ट्रपति डा. रामवरण यादव र चुनवी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबीच मंगलवार बिहान समसामयिक राजनीतिक बिषयमा भेटवार्ता भएको छ ।

भेटमा संविधानसभाको चुनावको तयारी र असन्तुष्ट दललाई मनाउन सरकारले गरेको प्रयासको विषयमा छलफल भएको हो। शितलनिवासमा राष्ट्रपतिलाई भेटी अध्यक्ष रेग्मीले नेकपा माओवादीसंग आज हुनलागेको वार्ताको विषयमा पनि जानकारी गराए । राष्ट्रपति यादवले तोकिएकै समयमै निर्वाचन सम्पन्न गर्न हदैसम्म पहल गर्न रेग्मीलाई आग्रह गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...