आठौं साफ फुटबलको तयारी तीब्र, विदेशी टोली नेपाल आउने क्रम जारी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

आठौं साफ फुटबलको तयारी तीब्र, विदेशी टोली नेपाल आउने क्रम जारी

Share This
१० भदौ । आगामी शनिबारबाट काठमाडौंमा सुरु हुने आठौं साफ च्याम्पियनसीप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ ।
दशरथ रंगशाला र हलचोक मैदानलाई सजाएर चिटिक्क पार्ने प्रयासमा आयोजक अखिल नेपाल फुटबल संघ एन्फा लागेको छ । त्यसैगरी बिग्रिएका संरचना बनाउने कार्य पनि जारी रहेको एन्फाले जनाएको छ । एसियन पेन्टसको साथ पाएसँगै रंगशाला रंगीन बन्दै गएको छ । योजकले आयोजनाको तयारी तीव्र पारिरहँदा प्रतियोगितामा सहभागिता जनाउन आउने टिमको क्रम पनि जारी छ ।
सोमबार भुटानको टिम काठमाडौं आइपुगेको छ । काठमाडौं उत्रिएसँगै भुटानी टिमका प्रशिक्षक जापानी ओहाराले दुई हप्ताको तयारीले टिम साफ च्याम्पियनसीप खेल्न आएको बताए ।

उनले टिमले सक्दो राम्रो प्रदर्शन गर्ने जनाए । भुटानको समूहमा श्रीलंका, अफगानिस्तान र माल्दिभ्स रहेका छन् । प्रतियोगिताका लागि बंगलादेश र पाकिस्तान पनि आइसकेका छन् । यसैबीच, पाकिस्तानले मंगलबार नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिमसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।

यता, पूर्वाभ्यासका लागि बहराइन र कुवेतबाट फर्किएको नेपाली टोली आत्मविश्वासी देखिएको छ । निरन्तरको अभ्यास र विदेशमा भएको अभ्यास खेलले खेलाडीहरु खारिएको प्रशिक्षक ज्याक स्टेफानोवस्कीले बताएका छन् ।

दक्षिण एसियाका आठ टिम सहभागी प्रतियोगिताको समूह चरणमा नेपालले ६ पटकको च्याम्पियन भारत, एक पटकको च्याम्पियन बंगलादेश र पाकिस्तानको सामना गर्नेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here