बर्डफ्लुको संक्रमण फैलिन नदिन उच्च सर्तकता - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बर्डफ्लुको संक्रमण फैलिन नदिन उच्च सर्तकता

Share This
११ भदौ । जिल्ला पशुसेवा कार्यालय तनहुँले जिल्लामा बर्डफ्लु फैलिन नदिन उच्च सर्तकता अपनाउने निणर्य गरेको छ ।

छिमेकी जिल्ला चितवन, कास्कीमा वर्ड फ्लुको संक्रमण देखिएकाले तनहुँमा पहिले नै सतर्कता अपनाउन विशेष सुरक्षा अपनाउने पशु बिकास अधिकृत डा. बालकुमार श्रेष्ठले बताउनुभयो । मुग्लिन नाकाबाट कुखराका शुलीको बिक्री तथा ओसार पोसारमा पुर्ण प्रतिवन्ध लगाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

सार्वजनिक यातायातमा पक्षिजन्य वस्तु ओसार पोसारममा रोक लगाइएको छ । जिल्ला बाहरीबाट भित्र्याउने पक्षिजन्य बस्तुको क्वारेन्टायन चेक जाँच कडाइका गर्ने श्रेष्ठले बताउनुभयो । हाल सम्म जिल्लाका कुनै पनि स्थानमा बडंफुल्लु नभेटिएकाले कुखुरा व्यापारी तथा सबसाधरणलाई भय रहित बाताबरणमा मासु उपभोग गर्न समेत सुझाव दिएको छ । जिल्लामा सत्रसय, व्यास नगर पालिका, भिमाद, खैरेनीटार लगाएतका स्थानमा व्यबसाहिक कुखुरा फाम रहेका छन् । जिल्ला हाल १ सय जना व्यबसाहिक कृषक र ५ जना साना कृषकहरु रहेको कार्यालयले जनाउको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here