चुनावमा लागि उम्मेद्वारको नाम सिफारिस गर्न जिल्ला कार्य समितिलाई काँग्रेसको निर्देशन

१ भदौ । नेपाली कांग्रेसले आगामी संविधानसभा चुनावका लागि सम्भावित उम्मेद्वारको नाम सिफारिस गर्न जिल्ला कार्य समितिलाई निर्देशन दिएको छ ।

पार्टी कार्यालयमा शनिबार बसेको पदाधिकारीको बैठकले प्रत्येक जिल्लाबाट सम्भावित उम्मेद्वारको नाम भदौ २० गतेभित्र केन्द्रमा आइपुग्ने गरी सिफारिस गर्न निर्देशन दिएको हो । कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रबाट सम्भावित तीन÷तीन जना उम्मेद्वारको नाम सिफारिस गर्न पनि निर्देशन दिएको छ ।

बैठकले सभापति सुशील कोइरालाको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कोष निर्माण समिति गठन गरेको छ । त्यस्तै आगामी चुनावका लागि पार्टीको घोषणा–पत्र तयार गर्न उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा १५ सदस्यीय कार्यसमिति पनि बनाएको छ । पदाधिकारीको अर्को बैठक आगामी भदौ ७ गते बस्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...