३२ साउन । नेपालले इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शनिवार अफ्गानिस्तानको सामना गर्दैछ ।
प्रतियोगिताको पहिलो दिन सिङगापुर क्रिकेट क्बलमा नेपाली क्रिकेट टिमले अफ्गानिस्तानसंग खेल्न लागेको हो । यता समुह बिमा रहेको प्रतियोगिताको आयोजक सिङ्गापुरले कलाङ क्रिकेट मैदानमा बंगलादेशको २३ बर्षमुनिको क्रिकेट टिमसंग खेल्नेछ । प्रतियोगिताको तयारीस्वरुप गतसाता श्रींलका प्रस्थान गरेको नेपाली टोली प्रतियोगितामा सहभागी हुन बिहीवार नै सिङ्गापुर प्रस्थान गरिसकेको छ ।
समूह ए मा रहेको नेपाल र अफगानिस्तानसहित भारत र पाकिस्तानको २३ बर्षमुनिको क्रिकेट टिम रहेका छन् । यस्तै समुह बिमा सिङगापुर र सुयुक्त अरब इमिरेट्स सहित बंगलादेश र श्रीलंकाको २३ बर्षमुनिको क्रिकेट टिम छन् । नेपालले प्रतियोगिताको दोस्रो खेलमा भारत तथा तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment