१९ साउन । वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग एक हप्ता वितिसक्दा पनि सुचारु हुन सकेको छैन ।
लामो समयसम्म पनि सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । लामो दूरीका यातायताका साधन पहिरो गएको ठाउँसम्म यात्रुलाई पु¥याएर फर्किने गरेका छन् । यात्रुहरु भने बाटा चाडै संचालनमा नआउने देखेपछि पैदल हिडेर भएपनि गन्तव्यमा जान थालेका छन् । सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला, मुगु हुम्ला र बाजुराका बासिन्दाहरु प्रभावित भएका छन् ।
सुर्खेत–जुम्ला राजमार्ग अन्तर्गत पर्ने कालिकाकोट जिल्लाको राँचुलीको धनाडामा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । अवरुद्ध सडकको पहिरो हटाउने कार्य भइरहेको छ, सडक सुचारु गराउन अझै ४÷५ दिन लाग्ने कर्णाली राजमार्गका परामर्शदाता आवासीय इन्जिनियर तारा पुरीले जानकारी दिनुभयो । पुरीकाअनुसार– ‘विहीवारबाट कम्प्रेसर मेसिनबाट होल खोप्ने काम भएको छ, अवको चार÷पाँच दिनसम्म ढुंगा हटाउन समय लाग्छ, त्यसपछि मात्र सडक संचालनमा आउनेछ ।’
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

कर्णाली राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment