१५ भदौ । आठौ साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता काठमाडौमा सुरु हुँदैछ ।
उद्घाटन खेलमा चिरप्रतिद्धन्दी नेपाल र बंगलादेश भिड्ने भएका छन् । शनिबार साँझ साढे ६ बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल घरेलु मैदानको उपयोग गर्दै बंगलादेशमाथि जित्ने दाउमा छ ।
अहिलेसम्म भएको १५ भेटमा नेपालले बंगलादेशलाई ४ खेलमा मात्र जितेको छ भने १० खेल बंगलादेशको पक्षमा गएको थियो । एक खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक एएफसी च्यालेन्जकपमा भएको भेटमा नेपालले २–० को हार व्यहारेको थियो ।
सन् २००३ यताको एसियाली र दक्षिण एसियाली खेल हेर्ने हो भने नेपालले खेलेको ५३ खेलमध्ये १६ मा जित ११ बराबरी र बाँकी २६ खेलमा हार बेहोरेको छ । यस्तै ५५ गोल गरेको छ भने ७५ गोल खाएको छ । नेपालले घरेलु मैदानमा भएको साफमा उपाधि जित्ने लक्ष्य लिएको छ । अहिले नेपाल भारत, पाकिस्तान र बंगलादेशसहितको समूह ए मा छन् । प्रतियोगिता ११ दिनसम्म चल्नेछ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment