चितवन बन्द फिर्ता, जनजीवन सहज बन्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चितवन बन्द फिर्ता, जनजीवन सहज बन्दै

Share This
१७ साउन । कार्यकर्ता रिहाइको माग गर्दै एकीकृत नेकपा माओवादीको भातृ संगठन वाईसीएलले गरेका अनिश्चितकालीन चितवन बन्द खुलेको छ ।
बन्दकर्ता र स्थानीय प्रशनासनवीच आज भएको बर्ता सहमति भएपछि बन्द खुलेको हो । यसअघि प्रहरीले चन्दा उठाइरहेको अवस्थामा वाइसिएलका ६ कार्यकर्तालाई नियन्त्रणमा लिएर मुद्दा चलाएपछि वाईसीएलले जिल्ला बन्द गरेको हो ।

बन्दका कारण चितवनका बजार, यातायात, शिक्षण संस्थालगायत ठप्प भएका थिए । बन्दकर्ताले भरतपुरमा एउटा एम्बुलेन्स तोडफोड समेत गरेका थिए । बन्दकर्ताको आक्रमणबाट ना.२ च ४४८८ नम्कबरको एम्बुलेन्स क्षतिग्रस्त बनेको थियो । बन्दकर्ताले नारायणगढको पुल्चोक, शहीदचोक, भरतपुरको चौविसकोठी लगायतका स्थानमा दिनभर प्रदर्शन गरे ।

यसअघि वाईसीएलले कार्यकर्ता रिहाइ गर्न हिजो बेलुकी पाँच बजेसम्मको अल्टिमेटम दिएको थियो । चन्दा उठाइरहेको अवस्थामा पक्राउ परेका ६ जनामध्ये चार जनामाथि चन्दा ऐन र दुई जनामाथि सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रधुम्न कार्कीले जानकारी दिनुभएको थियो ।
प्रहरीले भरतपुर वडानम्बर ३ नारायणगढको पुतली बजारबाट चन्दा उठाइरहेको अवस्थामा भरत मगर, मनोजकुमार शेर्पा, रवि पराजुली र विशाल मरहट्ठालाई पक्राउ गरेको थियो । त्यस्तै, प्रहरी कार्यालयमा आक्रमण गरेको आरोपमा प्रहरीले उत्तम गुरुङ र मधुराज न्यौपाने पक्राउ गरेको थियो ।
सहमति पछि आजै पक्राउ कार्यकर्ता आजै रिहा भएका छन् । बन्द खुलेपछि दिनभर जाममा परेका सवारी साधन पनि गन्तव्यतिर जान थालेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here