हिरासतमा मुत्यु भएका सुजन तामाङ्गको परिवारलाई राहात हस्तान्तरण - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

हिरासतमा मुत्यु भएका सुजन तामाङ्गको परिवारलाई राहात हस्तान्तरण

Share This
२१ साउन । गत चैत १५ गते प्रहरी हिरासतमा मुत्यु भएका सुजन तामाङ्गको परिवारलाई आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले ५ लाख राहात रकम हस्तान्तरण गरेको छ ।
मन्त्रिपरिषद्को निणर्य अनुसार रकम आइतबार तनहुँका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद खरेलले संघर्ष समितिको रोहवरमा मृतक सुजन तामाङकी श्रीमती प्रिती तामाङलाई हस्तान्तरण गर्नुभयो ।
चैत्र १६ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको संयोजकत्वमा जिल्लाकाप्रमुख राजनैतिक दलका प्रतिनिधि, मानवअधिकारीकर्मी, क्षेत्रीय प्रशासन कार्यालयका प्रतिनिधि, क्षेत्रीय प्रहरी कार्यालयका प्रतिनिधि र पिडित पक्षबीच भएको सहमति अनुसार १५ लाख रुपैयाँ क्षतीपूर्ति दिलाउने भनिए पनि मन्त्रिपरिषद्को निर्णय अनुसार ५ लाख रुपैयाँ मात्र राहात उपलब्ध गराईएको प्रजिअ खरेलले बताउनु भयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here